भारतीय प्रधानमन्त्री मोदीद्वारा बिहारमा ‘शानदार’ विजयको दाबी, सहयोगी दलको उच्च प्रशंसा

शुक्रबार, २८ कार्तिक २०८२
File Photo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टी भारतीय जनता पार्टी (भाजपा) र गठबन्धन दलहरूले ‘शानदार’ सफलता हासिल गरेको दाबी गरेका छन्। शुक्रबार प्रतिक्रिया दिँदै उनले प्राप्त परिणामका लागि सबै सहयोगीहरूलाई धन्यवाद र प्रशंसा व्यक्त गरेका छन्।

१३० करोड जनसंख्या भएको बिहारलाई नयाँ दिल्लीको बढ्दो अर्थतन्त्रलाई सबैभन्दा विपन्न वर्गसम्म पु¥याउने क्षमताको परीक्षणका रूपमा हेरिएको थियो।

हाल मतगणना जारी छ र अन्तिम नतिजा शनिबार सार्वजनिक हुने अनुमान गरिएको छ। तर निर्वाचन आयोगले सार्वजनिक गरेको आंशिक परिणाम र प्रारम्भिक प्रक्षेपणले राज्य विधानसभामा भाजपा नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने संकेत गरेको छ।

प्रधानमन्त्री मोदीले यस विजयलाई ‘सुशासनको जीत’का रूपमा व्याख्या गर्दै सामाजिक सञ्जालमा लेखे— “यो जनादेशले हामीलाई जनताको सेवा गर्न र बिहारका लागि नयाँ संकल्पसहित काम गर्न शक्ति प्रदान गर्छ।”

बिहार हिन्दी भाषी उत्तर भारतको एक मात्र राज्य हो जहाँ भाजपा एक्लै कहिल्यै सरकार गठन गर्न सकेको छैन। यो पटक पनि एकल बहुमतको सम्भावना नदेखिए पनि गठबन्धनको ठूलो दल जनता दल (युनाइटेड)लाई पछि पार्दै भाजपा सबैभन्दा ठूलो पार्टी बन्ने देखिएको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार गठबन्धन दलहरूले २४३ सिटमध्ये तीन चौथाईभन्दा बढी सिट जित्ने सम्भावना देखिएको छ।

विश्लेषकहरूका अनुसार यो नतिजाले आगामी वर्षका विभिन्न क्षेत्रीय चुनावहरूमा पनि मोदी नेतृत्वलाई बलियो बनाउने अनुमान गरिएको छ। पाकिस्तानसँगको तनाव, अमेरिकी करवृद्धि तथा आर्थिक चुनौतीहरूको पृष्ठभूमिमा पनि यी नतिजाले मोदीको राजनीतिक हैसियत थप मजबुत हुने मूल्यांकन गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार