सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड पार्टी काममा फर्किए

मंगलबार, ३१ भदौ २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टीको काममा फर्किएका छन् । जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए ।

२३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए ।

तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो । माओवादी केन्द्रका एक उच्च नेताका अनुसार स्थिति सामान्य बन्न थालेसँगै उनी पार्टी काममा फर्किएका हुन् । पार्टीका सबै नेता तथा कार्यकर्ताहरू लाई उच्च मनोबलका साथ देश र जनताको पक्षमा तत्काल स्वयंसेवीको रूपमा कार्य गर्न समेत माओवादी केन्द्रले आग्रह गरेको छ ।

आन्दोलनकारीले ध्वस्त पारेको आफ्नो केन्द्रीय कार्यालय पेरिस डाँडा निरीक्षणका लागि जाने तयारीमा छन् । यस्तै पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न केही दिनमा पदाधिकारी बैठक बोलाउने प्रचण्डको तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार