हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

शनिबार, ०४ असोज २०८२

काठमाडौं : हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’ सार्वजनिक गरेको छ, जसमा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश छ ।

‘बिदाई तस्वीर’ भनिए पनि ती बन्दीहरूको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी दिइएको छैन । हमासले इजरायली आक्रमणका कारण बन्दीहरूको जीवन जोखिममा परेको दाबी गरेको छ भने इजरायलले सबै बन्दीहरूलाई फर्काउने प्रतिवद्धता जनाएको छ ।

यो तस्वीर सार्वजनिक भएको बेला इजरायलमा लाखौं नागरिकहरूले युद्ध अन्त्य गरी बन्दीहरू फिर्ता ल्याउन सरकारलाई दबाब दिइरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार