लगानीको वातावरण बिग्रन नदिन महासङ्घको आग्रह

शनिबार, ०४ असोज २०८२

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ गम्भीर हुन आग्रह गरेको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको आज निरीक्षण गर्दै महासङ्घले टोलीले सरोकार भएका सबैलाई वातावरण बिथोलिन नदिन आग्रह गरेको हो । 

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सबैलाई गम्भीर हुन आग्रह गरे । ‘जेएनजी’ आन्दोलनका क्रममा देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यक्तिका निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन तथा रोजगारीमा असर परेको बताए । 

नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालको भनाइ थियो । “नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ । यस्ता घटनाले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दल र सरोकार भएकाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु”, उनले भनेका छन् । 

महासङ्घले यसअघि अर्थमन्त्री र गृहमन्त्रीसँग भेटेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेको भन्दै ध्यानाकर्षण गराएको थियो । महासङ्घलेसुरक्षाको प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमाथी भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्न भएकाहरूमाथि कानूनी दायरामा ल्याउन आग्रह गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार