मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

बुधबार, ०३ मंसिर २०८२

झापा । झापाको अर्जुनधारामा मोटरसाइकलबाट लडेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत कात्तिक ३० गते अर्जुनधारा–६ कदमगाछीस्थित बिर्तामोड–शनिश्चरे सडक खण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आइरहेको  मे १० प ८८४७ नम्बरको मोटरसाइकलबाट पछाडि बसेकी  ५६ वर्षीया सरस्वती तामाङ (श्रेष्ठ) अचानक खसेर गम्भीर घाइते भएकी थिइन्। 

अर्जुनधारा–८ बस्ने सरस्वतीलाई प्रारम्भिक उपचारपछि बीएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा आज उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

उक्त मोटरसाइकल सरस्वतीका देवर ५३ वर्षीय बिर्खबहादुर तामाङले चलाएका थिए । उनलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार