झापा : चितवन कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले दिउँसो करिब १ बजेर ३० मिनेटमा भद्रपुर बजार क्षेत्रबाट ३५ वर्षीय बिकुल बानिया क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।
बानिया क्षेत्री भद्रपुर नगरपालिका–५ का बासिन्दा हुन् । उनी गत भदौ २४ गते चितवन कारागारबाट फरार भएका थिए ।
उनीमाथि डाँका मुद्दा दर्ता रहेको र फरार भएपछि खोजीकार्यलाई तीव्र पार्दै प्रहरीले आज पक्राउ गर्न सफल भएको जनाएको छ ।
प्रतिक्रिया