मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

शनिबार, ०४ असोज २०८२
File Photo

महेन्द्रनगर : मधेस प्रदेशसभाको बैठक यही असोज ७ गते मङ्गलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ ।

जनकपुरधाममा आज मधेस प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सो सहमति भएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । 

मधेस प्रदेशसभाका सबै राजनीतिक दलले सङ्घीयताको विषयमा एक रहनाका साथै सकारात्मक सन्देश प्रवाह गर्न बैठक आह्वान गर्ने निर्णय भएको सभामुख मण्डलले बताए । 

जेनजी प्रदर्शनका क्रममा मधेस प्रदेशसभामा आगजनी एवं तोडफोड तथा लुटपाट भएका कारण ४० करोड बढीको क्षति भएको र क्षतिग्रस्त संरचनाको तत्काल सामान्य मर्मत गरेर प्रदेशसभा बैठक आव्हान गर्ने सहमति भएको सचिवालयले जनाएको छ ।

बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार