गगन थापाको उपस्थितिमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

शनिबार, ०४ असोज २०८२

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकहरूको स्मृतिमा नेपाली कांग्रेस काठमाडौं महानगर समितिले शनिबार राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा उपस्थित सहभागीहरूले आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरे ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा समेत विशेष उपस्थित भएका थिए ।

थापाको उपस्थिति र सहानुभूतिपूर्ण अभिव्यक्तिलाई सहभागीहरूले अत्यन्तै भावनात्मक क्षणका रूपमा लिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार