ओलीले आज एमाले मुख्यालयवाट सम्बोधन गर्ने : गुन्डुदेखि बालकुमारीसम्म युवासंघको स्कर्टिङ सुरक्षा

शुक्रबार, ०३ असोज २०८२

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक रूपमा देखिन लागेका छन्।

जेनजी आन्दोलनको दोस्रो दिन (२४ भदौ) हिंसात्मक प्रदर्शन र आगजनीपछि करिब एक सातादेखि नेपाली सेनाको सुरक्षा घेराभित्र रहेका ओली अहिले गुन्डुस्थित भाडाको घरमा बस्न थालेका छन ।

आन्दोलनकारीले बालकोटस्थित निजी निवासमा आगजनी गरेपछि शिवपुरीस्थित सेनाको शिविरमा बसेका ओलीलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा गुन्डुमा बसोबासको व्यवस्था मिलाइएको हो।

संविधान दिवसका अवसरमा शुक्रवार बिहान बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने विशेष समारोहमा ओलीले सम्बोधन गर्ने तय भएको छ।

यस क्रममा ओलीलाई गुन्डुदेखि बालकुमारीसम्म युवासंघ नेपालका कार्यकर्ताले स्कर्टिङ गरी लैजाने तयारी भएको युवासंघ नेतृत्वले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार