उम्मेदवारी दर्ताका लागि आज झापा आउँदै अध्यक्ष ओली

सोमबार, ०५ माघ २०८२

झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवारी दर्ता गर्न भद्रपुर आउने कार्यक्रम छ। बिहान १०:२५ बजे जहाजबाट भद्रपुर अवतरण गर्ने तालिका रहेको छ।

पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार, भद्रपुरमै अध्यक्ष ओलीले झापा क्षेत्र नं. १ र ३ का नेता तथा कार्यकर्तासँग भेटेर क्षेत्रको पछिल्लो अवस्था र निर्वाचन तयारीको जानकारी लिनेछन्।

त्यस्तै, क्षेत्र नं. २ का लागि उनले बिर्तामोड, र क्षेत्र नं. ४ का लागि सुरूंगा पुगेर जानकारी लिने कार्यक्रम रहेको छ। आफ्नो निर्वाचन क्षेत्र दमक–५ का नेता तथा कार्यकर्तासँग उनले दमकमै भेटघाट गर्ने छन्।

एमालेका अनुसार, अध्यक्ष ओली जेनजी विध्वंसको समयमा जलाइएको दमकस्थित आफ्नो निवासमा पनि जाने तयारीमा छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार