उदयपुर : उदयपुरमा भ्यानको ठक्करबाट ७४ वर्षीया महिलाको मृत्यु भएको छ।
कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्पm जाँदै गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आज त्रियुगा नगरपालिका–४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका–८ झोडामा ठक्कर दिएको थियो। झोडामा यात्रु ओरालेर अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया