लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्।
मन्त्री कार्कीका अनुसार कुल बजेटमध्ये १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ, जुन कुल बजेटको ३०.८८ प्रतिशत हो। त्यसैगरी, पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जसको हिस्सा कुल बजेटको ६०.३२ प्रतिशत रहेको छ।
बजेटमा संघीय सरकारबाट हुने वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ८.८० प्रतिशत हो।
प्रदेश सरकारले आगामी वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माण, कृषि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिएको छ। बजेट प्रस्तुत गर्दै मन्त्री कार्कीले बजेट कार्यान्वयनमा प्रभावकारिता र पारदर्शिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रतिक्रिया