नेप्से २८ सय बिन्दु नजिक, १४ अर्बको कारोबार

बुधबार, ३२ असार २०८२

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेर रोकिएको छ ।

नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार पनि उत्साहजनक तबरले बढेको छ । यस दिन कुल ३३० स्टकको १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ ।

यस अघि मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद विक्री भएको थियो ।

आज सेन्सेटिभ इन्डेकस ७.८६ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.६६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.८२ अंकले बढेको छ ।

यस दिन १० प्रतिशत केबिएल डिबेन्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको मूल्य यस दिन प्रतिकित्ता १२८.४३ रुपैयाँले बढेर १४१२.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन थ्रि स्टार हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६.५० रुपैयाँले बढेर ७३१.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यस दिन ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ११५.३५ रुपैयाँले बढेर प्रतिकित्ता १४८६.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन माइखोला हाइड्रो पावर लिमिटेडको शेउयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७८.२७ प्रतिशतले घटेर ९१५.९५ रुपैयाँमा अन्तिम कारोबाुर भएको छ । त्यसैगरी नारायणी डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ४९.०७ रुपैयाँले घटेर १६४३.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार