नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित, उमेरहदको व्यवस्था खारेज

शनिबार, ०३ साउन २०८२

काठमाडौं : नेकपा एमालेले पार्टीको विधानमा महत्वपूर्ण संशोधन प्रस्ताव पारित गरेको छ। शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकले दुई सदस्यता र उमेरहदको व्यवस्था खारेज गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो।

पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पोलिटब्युरो बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। 

यस निर्णयसँगै अब एमालेमा एक व्यक्तिले दुई भन्दा बढी पार्टी संरचनामा सदस्यता लिन पाउने छैन भने उमेरहदको सीमा पनि हटाइएको छ। यसले विशेषगरी पार्टी नेतृत्वमा रहेका वरिष्ठ नेताहरूलाई आगामी अधिवेशन र नेतृत्व चयन प्रक्रियामा सहज हुने अनुमान गरिएको छ।

पोलिटब्युरो बैठकमा ६८ जना सदस्यले आफ्ना धारणा राखेको गौतमले जानकारी दिए। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार