माओवादी केन्द्र धनकुटाको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

शनिबार, ०३ साउन २०८२

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जिल्ला समन्वय समिति बैठक तथा प्रशिक्षण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ। कार्यक्रम माओवादी केन्द्रका उपमहासचिव एवं कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धनमाया विश्वकर्मा, कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, प्रदेश सचिव गणेश उप्रेती ‘सुशिल’ तथा अनेम संघ (क्रान्तिकारी) को कोशी प्रदेश अध्यक्ष लता न्यौपानेको उपस्थिति थियो। कार्यक्रम माओवादी केन्द्र धनकुटा जिल्ला अध्यक्ष कुसुम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि गजुरेलले पार्टीको आगामी रणनीति, योजना, अभियान र आन्दोलनबारे विस्तृत प्रशिक्षण दिएका थिए। उनले २०६४ सालको निर्वाचनमा माओवादीले धनकुटामा प्राप्त गरेको जितको सम्झना गर्दै पुनः त्यस्तै नतिजा ल्याउन संगठन सुदृढीकरणमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रममा माओवादी केन्द्र धनकुटा जिल्लाका सातवटै स्थानीय तहका पार्टी पदाधिकारी, वडा समिति अध्यक्ष, जनप्रगतिशील युवा संगठन (जबस) का अध्यक्ष तथा जिल्ला सदस्यहरूको उपस्थिति रहेको उपमहानगर महालक्ष्मी नगरसमिति उपाध्यक्ष सानु कार्की बस्नेतले जानकारी दिइन्।

प्रशिक्षण अघि गजुरेल र प्रेस सेन्टर धनकुटाका पत्रकारबीच अन्तरक्रिया तथा भेटघाट कार्यक्रमसमेत सम्पन्न भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार