काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि चीनले बधाई व्यक्त गरेको छ ।
सेप्टेम्बर १२ मा नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिएकी कार्कीलाई चीनले बधाई दिँदै चीन-नेपालको मित्रता पुरानो र बलियो रहेको बताएको छ। चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सधैँ सम्मान गर्ने कुरामा पनि जोड दिएको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले दुई देशबीच विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य बढाउन चीन तयार रहेको र पञ्चशीलको सिद्धान्तमा मिलेर काम गर्दै द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया