काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव फेला परेको छ।
पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।
शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । उक्त शवको पोष्टमार्टमपछि विवरण खुल्ने छ ।
प्रतिक्रिया