‘क्षति व्यहोरेका निजी क्षेत्रलाई सफ्ट लोन दिएर भए पनि सहयोग गर्छौं’- प्रधानमन्त्री कार्की

आइतबार, २९ भदौ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् । पदभार ग्रहणपछि सचिवसँगको छलफलका क्रममा उनले निजी क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गरेकी हुन् ।

उनले अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छिन् । 

निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने प्रधानमन्त्री कार्कीको भनाई छ । उनले क्षतिका बाबजुद निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत गरेकी छिन् । उनले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताएकी छिन् । 

त्यस्तै, प्रधानमन्त्री कार्कीले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिएकी छिन्। साना व्यापारीहरुलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार