संघीय सरकारले स्थानीय तहको रकम कटौती गरेकामा आपत्ति

सोमबार, २५ बैशाख २०८०
इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिका प्रमुख किरण राईले स्थानीय सरकारको बजेट संघीय सरकारले काटेको भन्दै आपत्ति जनाएका छन् । पत्रकार सम्मेलन आयोजना गर्दै उनले स्थानीय तहमा आउने पाँच करोड रकम काटेको भन्दै आपत्ति जनाएका हुन् । संघीय सरकारमार्फत् गाउँपालिकामा आउने वित्तीय समानिकरण तर्फको ५० प्रतिशत कटौती गर्ने निर्णय संघीय सरकारले गरेको भन्दै प्रमुख राईले यो निर्णय सच्याउन आग्रह गरेका छन् । उनले यसरी सबैतिर एकै प्रकारले खर्च कटौती गर्दा मार पर्ने भन्दै आवश्यकताका आधारमा खर्च कटौती गर्न समेत सुझाव दिए । उनले यो निर्णयले देशभरका जनताको विकासको विपक्षमा रहेको बताए । गाउँपालिकाका धेरैजसो योजनाहरु सम्पन्न हुने चरणमा रहेकाले बजेट रोकिए अलपत्र पर्ने भन्दै रकम भुक्तानी गर्न नसक्दा गरिब मजदुर मर्कामा पर्नेअध्यक्ष राईको भनाइ छ । गाउँपालिका प्रमुख राईले गाउँपालिकामा सञ्चालित सम्पूर्ण योजनाहरु समयमै सम्झौता भएर काम भइरहेका छन् । उनले काम सम्पन्न भएका ९० प्रतिशतभन्दा बढी योजनाहरुको भुक्तानी समेत भइसकेको बताए । बाँकी योजनाहरुको कामअ न्तिम चरणमा पुगेकाले रकम नआएमा उपभोक्ता समिति तथा मजदुरहरुको भुक्तानी रोकिने, सञ्चालित योजनासमेत अलपत्र हुने अवस्था छ । यो अवस्थामा आएर विकास बजेट रोक्का नगर्न केन्द्र सरकारसँग उनले माग गरे । ‘पाँच करोड रकम भनेको गाउँपालिकाको विकास बजेटको आधा रकम हो’ प्रमुख राईले भने ‘यसरी आर्थिक वर्षको अन्त्यमा रकम कटौती गर्दा भइसकेका र विकासको अन्त्यमा पुगेका उपभोक्ता समिति, ठेकेदारलाई के जवाफ दिने ? यसरी खर्च कटौती गर्नु भनेको राज्यले जनतालाई ज्युँदै मार्नु हो, ज्युँदै जलाउनु हो ।’ गत बैशाख १४ गते संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई अनुदानमा प्रदान गर्ने रकम कटौती गर्नेबारे पत्र पठाएको थियो । उक्त पत्रमाथि धेरैजसो पालिकाले आपत्ति जनाउँदै आएका छन् । जेठ १५ गते बाँडफाँट भएको रकमअनुसार धेरै पािलकाहरुले आफ्नो विकास खर्च समेत गरिसकेका छन् । तर उपभोक्ता समिति र ठेकेदारबाट गराएको योजना सकिन लाग्दा पनि रकम भुक्तानी हुन सकेको छैन । जसका कारण स्थानीय तह र प्रदेश सरकार मारमा परेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार