अक्सन सेन्टर सञ्चालन नहुँदा क्रेताले तोकेको मूल्यमा चिया विक्री गर्न उद्योगी बाध्य छन् । कृषि बाली भए पनि उद्योगमा राखिएकोले सिचाई सुविधाबाट वञ्चित हुनु परेको उद्योगीको गुनासो छ चिया क्षेत्रका समसामयिक विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा झापाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, चिया मजदुरका
नेता तथा प्रतिनिधि, उद्योगी, व्यवसायीले आ–आफ्नो समस्या र समाधानका बिषयमा आफ्ना भनाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्वमन्त्री जसमाया गजमेर, प्रदेश कृषि सचिव डा. लेखराज दाहाल, मेचीनगर नगर प्रमुख गोपाल बुढाथोकी, भद्रपुर नगरका प्रमुख गणेश पोखरेल, हल्दिबारी गाउँपालिका प्रमुख रवीन्द्र लिङ्देन, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष रामचन्द्र उप्रेती, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटा लगायतले बोलेका थिए ।
कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद भट्टराईको अध्यक्षतामा भएको थियो । बोर्डका निर्देशक दीपक खनालले स्वागत गरेको कार्यक्रमको सहजीकरण बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले गरेका थिए ।
वोर्डले प्रस्तुत गरेको कार्यपत्रमा नेपालमा २० हजार २ सय ३७ हेक्टरमा चिया खेती हुने गरेको उल्लेख छ । २ करोड ६० लाख केजी चिया उत्पादन हुन्छ ।
५० प्रतिशत सिटिसी चिया भारत निकासी हुन्छ । चिया उत्पादन कोशी प्रदेशमा मात्र ९९ प्रतिशत उत्पादन हुन्छ भने ७० हजारले प्रत्यक्ष रोजगारी पाएको कार्यपत्रमा उल्लेख छ ।
प्रतिक्रिया