धनकुटामा वित्तीय अपचलनको उजुरी बढ्दो, कारबाहीको तयारी

आइतबार, २४ मंसिर २०८०
धनकुटा । वित्तीय अपचलनको उजुरी बढेपछि धनकुटा नगरपालिकाले ऐन विपरीत सञ्चालित सहकारी संस्था माथि कारबाहीको प्रक्रिया सुरु गरेको छ ।
बचतकर्ताको बचत फिर्ता नगर्ने, ऐनले तोकेका सर्त पुरा नगरेका र अन्य गरी ५६ वटा सहकारीलाई संस्थागत श्वेतपत्र तयार गरी मङ्सिर मसान्तभित्र नगरपालिकामा बुझाउन पत्र लेखेको छ । यस्तै सहकारी सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका सदस्य र व्यवस्थापकको सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको छ । धनकुटा नगरपालिकामा सञ्चालित चार वटा बचत तथा ऋण सहकारी संस्था विरुद्ध चार करोड ५० लाख रुपैयाँ वित्तीय अपचलनको आरोपमा उजुरी परेको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीको भनाई छ । अनियमितताका उजुरी बढेपछि त्यसको अध्ययन र छानबिनका लागि नगरपालिकाले व्यवस्थापन समिति गठन गरेको उनले बताए । मङ्सिर मसान्तसम्म तोकिएको सर्तमा विवरण उपलब्ध नगराए विभागको निर्देशन अनुसार  कारबाहीको प्रक्रिया अघि बढाउने उनको भनाई छ । यसअघि धनकुटा नगरपालिकाले बार्षिकरुपमा साधारणसभा नगरेका र लेखापरिक्षण प्रतिवेदन नबुझाउने १७ वटा सहकारी संस्था खारेज गरेको थियो । खारेजीमा परेका १७ मध्ये ९ ओटा कृषि र बाँकी बचत तथा ऋण सहकारी संस्था छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार