हाउजी खेलमा अनियमितता ,आयोजकले अङ्कमा हिसाब देखाउन सकेन

सोमबार, २५ मंसिर २०८०
इलाम : चाडपर्वको अवसरमा इलाम चोक बजारमा हाउजी अर्थात् बिङ्गो खेल खेलाइयो । करिब करोड माथिको कारोबार भएको सो खेलको हिसाब किताब सार्वजनिक गर्न आयोजकले दुई पटक पत्रकार सम्मेलन त गर्‍यो तर अङ्कमा हिसाब दिनै सकेन । साता अधि पत्रकार सम्मेलन गर्दै हिसाब त सार्वजनिक गर्‍यो । तर हिसाब पारदर्शी हुन नसकेको भन्दै गुनासो बढेपछि पुन आइतबार पत्रकार सम्मेलन गरियो । व्यवहारिक पक्ष बुझिदिन आयोजकले पत्रकारलाई गुहार माग्यो तर पत्रकारले व्यवहारमा हैन अङ्कमा हिसाब मागे । दैनिक भएको टिकट विक्रि, बेच्न बाँकी रहेको टिकट सङ्ख्या, उठेको रकम, पुरस्कारमा खर्च देखाउन माग गरेपछि आयोजकले पत्रकार सम्मेलन नै स्थगित गरे । हिसाब देखाउन नसकेपछि पुन तेस्रो पटक पत्रकार सम्मेलन गरिने भन्दै आयोजकले पत्रकार सम्मेलनको  अन्त्य गर्‍यो । आयोजककै सदस्यहरूको कुरा फरक फरक छ । कहिले दैनिक हिसाब बैङ्कमा जम्मा गरियो भनेर त कहिले बैङ्कमा नै ढिलो खोलियो भनेर । आयोजक नगर खेलकुद विकास समिति लगायत दर्जन संस्था रहेका छन् । आठ वटा संस्थाको आयोजनामा भनेर खेल खेलाइयो । केही संस्था आफूहरू आयोजक नै नरहेको भनेर पन्छिन खोजी रहेका छन् । विजया दशमी अघि देखी छठ पर्व पछिसम्म गरेर जम्मा ४१ दिन खेल खेलाइएको थियो । सामाजिक कार्यमा खर्च गर्ने भन्दै आयोजकले खेल खेलाए पनि रकम पारदर्शिता हुन नसकेको गुनासो बढेको छ । दैनिक बिकेको टिकट, बाँकी रहेको टिकट सङ्ख्या, वितरण भएको पुरस्कार र बचत भएको खर्च सहित आयोजकले पुन सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार