त्यसैगरी पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना पुस १ देखि एक महिनासम्म लागू हुने जनाएको छ । आफ्ना २६ वटै स्टोरबाट उपभोक्ताले यो योजनाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
देश आर्थिक मन्दीले आक्रान्त भईरहेको अवस्थामा यस्तो दुःखको बेलामा आमउपभोक्ताले केही सहुलीयत प्राप्त गर्न सकुन् भनेर हामीले यो योजना ल्याएका भाटभटेनी सुपरमार्केटका प्रबन्धक विनोद भट्टराईले जानकारी दिए ।। व्यवसायीले नाफा आर्जन गर्ने मात्र नभई उपभोक्तालाई सहुलियत दिने विषयमा पनि ध्यान पु¥याउनुपर्छ भनेर छुट दिने योजना ल्याएको भट्टराईको भनाइ छ ।
प्रतिक्रिया