बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

शुक्रबार, ०९ चैत्र २०८०
बर्दिया । बलात्कारको आरोपमा वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बाँसगढि नगरपालिका वडा ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई  पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । इलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरीक्षक शैलेश्वरी बोहराले आफूलाई केहि थाहा नभएको बताए पनि जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बिहीबार बेलुकी पक्राउ गरिएको बताए । साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित  भएका हुन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार