हुम्लामा जीप दुर्घटना, २ को मृत्यु ६ जना घाइते

शनिबार, १० चैत्र २०८०
काठमाडौं । हुम्लामा जीप दुर्घटनामा शनिबार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अदानचुली–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको प्रहरीले जनाएको छ । अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरबाट वडा नं. ५ को बारीगाउँ जाँदै गरेको सु. ००१ ज ११८३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र खनालले बताए । दुर्घटनामा घाइते हुनेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार