धरान । धरान उपमहानगरपालिकामा खानेपानी बोर्डले २ करोड ८७ लाख ७७ हजार ९ सय ५९ रुपैंया बचत गरेको नगरको प्रमुख हर्कराज राईले बताएका छन ।
नगर प्रमुख राईले चुनाव अगाडी खानेपानीमा घोटला भएको र आफु निर्वाचित भएपश्चात खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शी बनाउने प्रतिवद्धता जनाएका थिए ।
सोही अनुसार नगर प्रमुख भएपछी खानेपानी बोर्डको स्वत अध्यक्ष हुने भएकोले गत साल देखि खानेपानी बोर्डको आयव्यय सार्वजनिक गर्दै आएको छ ।
नगर प्रमुख राईले बिहिबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक बर्ष २०८०।८१ को साउन महिना देखि चैतसम्मको आम्दानी १२ करोड ६९ लाख ७३ हजार १२ रुपैंया ७९ पैसा आय र व्यय तर्फ १० करोड ५४ लाख ८५ हजार ९५ रुपैंया ८२ पैसा भएको जानकारी दिएका छन् ।
व्ययतर्फ खानेपानि बोर्डको कर्मचारीहरुको तलब भत्ता देखि विजुलीको बिल, खानेपानीको टेंकी मर्मत सम्भार लगायतमा धेरै खर्च देखिएको छ भने अतिथि सत्कार गर्दा समेत ८ महिनामा ४ लाख ४१ ह्जार ८ सय रुपैंया खर्च रहेको छ ।
पानिको बिल तिर्न समस्या भएको कारण निर्वाचित भए पश्चात खानेपानिको बिल अनलाईन मार्फत पनि तिर्न सक्ने सुविधा बनाईएको छ, जसमा ई सेवा, आईएमई पे, खल्ती लगायको एकपहरुबाट घर बसेर खानेपानिको बिल तिर्न सकिने व्यवस्था लागू गरेको नगर प्रमुख राईले बताए । यसले गर्दा हाल आम नागरिकहरुलाई लाईन लागिरहन पर्ने झन्झट भएकोे छैन ।
स्थानिय तहको निर्वाचन पश्चात धरान उपमहानगरपालिकाको कार्यभार सम्हाले देखी नगर प्रमुख राईले खानेपानीमा नै लागी परे पनि धरानमा खानेपानीको आपूर्ति भने पुरा हुन सकेको छैन । धरानमा गत सालहरु भन्दा झनै खानेपानीको हाहाकार भएको स्थानीय एलिना राई बताउछिन् राई भन्छीन् पहिला १ दिन बिराएर खानेपानी आउथियो तर यो पाली हप्ता दश दिन सम्म पनि पानी आएको छैन यसले गर्दा धेरै समस्या भएको छ । मेयर राईले वितरण प्रणलीमा ध्यान दिन आवश्यक रहेको राईको भनाई छ ।
खानेपानीको बिल मात्र एक महिनामा लाख भन्दा बढी आउने भएकोले धरान वरपरको खोला खोल्साहरुको पानि संकलन गरेर पानीको अभाव घटाउने र बिल पनि घट्ने योजना सहित जनताको सहयोग र श्रमदानबाट पकुवा, निशाने, सर्दुखर्दु, कोकाहा खोलाबाट पानी ल्याउन सफल भएपनि पानीको अभाव भने ज्युँका ज्युँ नै रह्यो । भलै यो अल्पकालिन व्यवस्था रहेको थियो ।
दिर्घकालिन व्यवस्थाको लागी सप्तकोशिको पानी ल्याउने तयारी भईरहेको नगर प्रमुख राईले बताएका छन ।
धरानमा गत सालहरु भन्दा पनि झनै पानीको अभाव झेल्नु परेको छ । जसको कारण धरान आसपास केही महिना देखि पानी नपर्नु र खडेरी हुनु र मानव बस्ती बढेसंगै धरानमा नयाँ धाराहरु थपिनु मुख्य कारण रहेको छ । नगर प्रमुखमा राई निर्वाचित भए पश्चात धरानमा १८ सय ६३ धाराहरु थपिएको समेत उनले बताए ।
यसरी दिनानुदिन मानव बस्ती बढेसंगै पानिको समस्या झनै बढीरहेकोले हरेक धारामा ५० रुपैंयाको दरले बढाएर हरेक वडामा खानेपानी टेंकी राख्ने योजना भएकोले सबै कुराहरु मिलेमा हरेक धारामा ५० रुपैंयाको दरले बिल बढाईने योजना रहेको नगर प्रमुख राईले बताए ।
नगर प्रमुख राईले आफुले धरान उपमहानगरपालिकामा कार्यभार सम्हाल्दा बैंक खातामा खानेपानीको ४ करोड ४४ लाख ३४ हजार ३ सय ५६ रुपैयाँ जम्मा रहेको वताए । यसैगरी खानेपानी महशुलतर्फ रेल्वे काउन्टरबाट आ.व.२०८०।८१ को साउन देखि चैत सम्ममा १ करोड ३१ लख ७१ ह्जार ८३ रुपैंया, पिण्डेश्वर काउन्टरबाट २ करोड १४ लाख ९७ हजार ९ सय ५४ रुपैंया ८१ पैसा, सुम्निमा काउन्टरबाट ४ करोड ५५ लाख ५० हजार ३ सय ७६ रुपैंया ४१ पैसा आय भएको नगर प्रमुख राईले जानकारी दिए ।
नगर प्रमुख राईले विगतमा खानेपानीको बोर्ड अध्यक्ष नगर प्रमुख हुने भन्ने निर्णयको आधारमा नै आफु बोर्डको अध्यक्ष भएको र बोर्ड गठन आफुले नगरी पहिलाकै संरचना अनुसार बोर्डको अध्यक्ष भएको बताएका छन ।
प्रतिक्रिया