इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ७ निवासी एक युवाको विभत्स ढंगले हत्या भएको छ ।
शनिबार साँझ २९ बर्षीय भीम भनेर चिनिने रामकुमार पण्डितको बिभत्स ढंगले खुकरी प्रहार गरि हत्या भएको हो ।
शनिबार साझ कामबाट घर फर्किदै गरेका उनलाई छिमेकी उमेश चौधरीले खुकुरी प्रहार गरि हत्या गरेका हुन । खुकुरी प्रहारबाट भिमको घाँटी पुर्ण रुपमा काटिएर छिनेको छ । हत्याको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीका अनुसार मनमुटाबका कारण हत्या भएको देखिन्छ । हत्यामा संलग्न चौधरीलाई नियन्त्रणमा लिएको उनले बताए । खुकरी प्रहार गर्ने चौधरीले यसअघि पनि भीमलाई गत बैशाख १७ गते रड प्रहार गरेर घाइते बनाएका थिए । ‘छिमेकमै भएको घटना भएका कारण प्रहरीलाई समेत जानकारी गराइएन । अहिले आएर यस्तो भयो,’ आफन्त संगीता चौधरीले प्रदेश खबरसँग भनिन् । ‘मारेर जेल जान्छु भन्थ्यो । आज मारेरै छाडयो,’ संगिताले भनिन् ।
प्रतिक्रिया