विराटनगर । मोरङको रंगेली नगरपालिका–४ चोप्राहामा आगलागी हुँदा घर जलेर ध्वस्त भएको छ ।
रघुनाथ यादवको परालको छानो र बाँसको टाटीबेरा भएको दुईवटा घर मंगलबार बिहानका रात जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।
बिहान २ः३० बजेतिर सुरु भएको आगलागी स्थानीय र दमकलको सहयोगमा प्रहरीले लगभग १ घण्टापछि नियन्त्रणमा लिएको थियो ।
आगोले घरसहित घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा, अन्नपात सबै जलेर ध्वस्त भएको छ । घटनामा १ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीमा मानवीय र चौपाया क्षति भने भएन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया