इलाम नगरपालिकामा अब आफ्नै पाठ्यक्रम

मंगलबार, ११ असार २०८१
इलाम / इलाम नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । उक्त तयारी पाठ्यक्रम मङ्गलवार एक कार्यक्रमबिच विमोचन गरिएको छ । नगरपालिकाले तयार पारेको सो पाठ्यक्रमलाई इलाम सेरोफेरो नाम दिइएको छ । इलाम नगरपालिका भित्रका रहन सहनलाई समेटेर तयार पारिएको सो पाठ्यक्रम इलाम नगरपालिकाका प्रमुख केदार थापा, उपमेयर विष्णुकुमारी दाहाल (लिम्बु) र प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले एक कार्यक्रम बिच विमोचन गरेका हुन् । पाठ्यक्रम तीन वटा इकाईमा तयार पारिएको छ । बालबालिकालाई स्थानीय वस्तुहरूको जानकारी गराउने उद्देश्यले सो पाठ्यक्रम तयार पारिएको नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनका अनुसार स्थानीय परम्परा, आफ्नै भाषा, धर्म सस्कृति तथा जनजीविका अभ्यासहरूलाई संरक्षण र सम्वद्र्धन एवम् प्रोत्साहन गर्न पाठ्यक्रम तयार पारिएको हो । पाठ्यपुस्तक निर्माणका लागि विभिन्न ९ वटा क्षेत्रहरूका विषयवस्तु समेटेर २३ जना विज्ञको टोलीले पुस्तक तयार पारिएको बताइएको छ । यस पाठ्यपुस्तकलाई अझ परिष्कृत एवम् समयअनुकुल बनाउँदै लैजाने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार