लमजुङ बगुममा पहिरोले तीन घर बगायो, आमा र दुई छोरीसहित चारको मृत्यु

बुधबार, १२ असार २०८१
लमजुङ /लमजुङको क्ब्होंलासोथर गाउँपालिका–३ मा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गए राति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परी चार जनाको मृत्यु भएको हो । स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको वडा सदस्य बिनप्रसाद घलेले जानकारी दिएका छन् । पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ बर्सिया इच्छा गुरुङ र ५ नम्रता गुरुङको मृत्यु भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार