इटहरी । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँले आफू मर्न तयार रहेको तर देश र जनताका लागि आन्दोलन जारी राख्ने बताएका छन्।
उनले सोमबार इटहरीमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै यस्तो बताएका हुन ।
'म देश र जनताको हितकरे लागि मर्न पनि तयार छु र दलाल र राष्ट्र बेचुवाहरूको विरुद्धमा आन्दोलन जारी राख्छु' उनले भने ।
प्रसाईँले राजनीतिक दलका नेताहरूले नेपाललाई नेताले तस्करीको देश बनाएको आरोप लगाए।
प्रसाईँले अब नेपालमा नयाँ राजनीतिक व्यवस्था आउने दाबी पनि गरे। उनले आफूहरूले आउँदो मङ्सिर ७ गते काठमाडौँमा ठुलो आन्दोलन गर्न लागेको समेत बताए ।
अहिलेसम्म सबैभन्दा बढी नीतिगत भ्रष्टाचार गर्ने नेता केपी ओली रहेको र ओलिले यो देशको नेतृत्व गरुन्जेल सम्म भ्रष्टाचार मौलाइरहने समेत उनले बताए ।
उनले देशमा परिवर्तन ल्याउन यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने समेत बताए ।
प्रतिक्रिया