इटहरी : नियम विपरीत विद्यार्थी बोक्ने इटहरी उपमहानगरपालिकाका स्कुल बस चालक कारबाहीमा परेका छन्।
स्कुल बसमा स-साना विद्यार्थीहरूलाईसमेत उभ्याएर स्कुल लगेको भन्दै इटहरीमा कारबाही सुरु गरेको हो।
नाबालिक विद्यार्थीहरूको सुरक्षालाई लापरबाही गरी सिटमा नराखी उभ्याएर बसमा यात्रा गराएको कारण सराकारी र निजी स्कुल बसलाई कारबाही गरिएको हो ।
इटहरीका मेयर हेमकर्ण पौडेल आफै सडक आएर बसहरुमा अनुगमन गरिएको हो ।
मेयर पौडेलले स्कुलबसहरुको चरम लापरवाही बढेको भन्दै अनुगमनलाई निरन्तरता दिन समेत निर्देशन दिएका छन । पछिल्लो समयमा इटहरी आसपासमा दुर्घटना बढेको भन्दै निरन्तर अनुगमन र पार्किङ व्यवस्थापनको काम भइरहेको छ ।
ट्राफिक प्रहरीका डिएसपी रामेश्वर त्वाती, इलाका प्रहरी इटहरीका डिएसपी लक्ष्मी भण्डारीसहित अनुगमन गर्दा १२ वटा स्कुलका बस चालकलाई कारबाही गरिएको छ ।
नियम विपरीत स्कुल बसमा विद्यार्थी बोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाईसमेत विद्यार्थीहरूको सुरक्षामा लापरबाही नगर्न र उनीहरूको सुरक्षामा उच्च सतर्कता अपनाउन सचेत गराइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी भण्डारीले बताएका छन् ।
प्रतिक्रिया