विराटनगर । मोरङमा सोमबार साँझ सार्वजनिक पोखरीमा डुबेर मामाघर आएकी नाबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार जहदा गाउँपालिका–४ स्कुल टोलमा रहेको सार्वजनिक पोखरीमा डुबेर मन्तिदेवी मुखियाकी २ वर्षीया छोरी रोशनी मुखियाको मृत्यु भएको हो ।
भारतको अररिया सोनापुर घर भएकी मन्तिदेवी नाबालिका छोरीलाई लिएर सोमबार मात्रै जहदास्थित माइती घर आएकी थिइन् ।
मन्तिदेवीको माइती घरनजिकै रहेको पोखरीमा डुबेर उनी नाबालिका छोरीको मृत्यु भएको जानकारी जोशीले दिए ।
डुबेर घाइते भएको अवस्थामा देखेर आफन्त उद्धार गरी नाबालिकालाई सोमबार साँझ उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ राति ८ बजेतिर चिकित्सकले मृत घोषित गरेको जोशीले बताए ।
खेल्ने क्रममा नाबालिका पोखरीमा खसेर डुबेको हुनसक्ने प्रहरीको अनुमान छ । डीएसपी जोशीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया