दुर्व्यसन विरुद्धको अभियान उद्घाटन गर्न इटहरी आएका कोशीका मुख्यमन्त्री धुलोको चपेटामा परेपछि...

बुधबार, २८ फागुन २०८१
इटहरी । बुधवार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुनसरीको इटहरीस्थित अबको युद्ध, दुर्व्यसन विरुद्ध कार्यक्रमको आयोजना गरेको छ । कोशी प्रदेशमा लागुऔषध विरुद्धको अभियानको सुरुवात भएको मन्त्रालयले जनाएको छ । अभियानको उद्घाटन गर्नका लागि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की इटहरी आएका थिए । तर, उनलाई अभियानको उद्घाटन मन्तव्य राख्न असहज भयो । दर्शक दीर्घामा रहेका हरूलाई पनि उनको असहजतालाई नियालिरहे । मुख्यमन्त्री कार्कीलाई पटक पटक खोकी लाग्यो । आफैँले पनि असहजता महसुस गरेका मुख्यमन्त्रीलाई कार्यक्रम सञ्चालिकाले पानीको बोतल दिइन् । पानी पिए पनि उनको खोकी नियन्त्रणमा आउन सकेन । पटक पटकको खोकी पछि उनले भने, ‘धुलो आयो क्या’, ‘ठ्याक्कै आयो क्या धुलो ।’ कार्यक्रम पूर्वपश्चिम लोक मार्गको छेउमै इटहरीको पश्चिम क्षेत्रमा आयोजना गरिएको थियो । यसरी असहजताका बावजुत अभियानलाई सम्बोधन गरेका मुख्यमन्त्री कार्कीले मानिसहरू पहाडबाट तराई बसाइसराइ गरेजस्तै दुर्व्यसन तराईबाट पहाड तथा हिमाली भेगतर्फ सरिरहेको उल्लेख गरेका छन् । उनले भने,‘पहिले धरान र पोखरा मा धेरै दुर्व्यसन भएको सुन्ने गर्दथ्यौँ । अहिले तराईका सबै जिल्लामा भयावह अवस्था छ । बिस्तारै यो हाम्रो हिमाली भेगतर्फ सरिरहेको छ ।’ मुख्यमन्त्री कार्कीले दुर्व्यसनीलाई रोकथामका लागि सबै एकजुट हुनुपर्ने आवस्यकता औँल्याएका छन् । जसको नियन्त्रणका लागि प्रदेश सरकार तयार रहेको समेत उनको भनाई रहेको छ । कार्यक्रमको अध्यक्षता कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले गरेका थिए भने, इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेल लगायत जिल्लामा रहेको स्थानीय तहका प्रमुख उपप्रमुख, कोशी प्रदेश सभाका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधि, विद्यालय तथा क्याम्पसका विद्यार्थी शिक्षकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार