काठमाडौं : आइसिसी टी–२० विश्वकप एसिया एन्ड इपिए छनोट जितेर अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पाएको नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय सिरिजका लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेको छ।
नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिका र युएईसँग प्रतिस्पर्धा गर्नेछ। खेलहरू युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछन्।
नेपाल क्रिकेट संघका अनुसार नेपाली टोली युएई पुगेसँगै आगामी सिरिजका लागि एकदिवसीय टोली घोषणा गरिएको छ। उक्त टोलीमा टी–२० टोलीका अधिकांश खेलाडी यथावत् राखिएका छन् भने तीन खेलाडी परिवर्तन भएका छन्।
टी–२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी यसपटक बाहिरिएका छन्। उनीहरूको स्थानमा भीम सार्की, अनिलकुमार साह र साहब आलम लाई समावेश गरिएको छ।
नेपाली एकदिवसीय टोली :-
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी।
खेल तालिका :-
लिग–२ को स्थिति :
लिग–२ मा नेपालले अहिलेसम्म १६ खेलमा १२ अंक जोडेको छ। आठ टोली सहभागी प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंकसहित शीर्ष स्थानमा छ। अमेरिका २० खेलबाट २८ अंकका साथ दोस्रो, नेदरल्यान्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छन्। त्यसैगरी ओमान २० खेलबाट २४ अंकका साथ चौथो, क्यानडा २४ खेलबाट २१ अंकका साथ पाँचौं र नामिबिया समान खेलबाट १९ अंकसहित छैटौं स्थानमा छ।
नेपाल १२ अंकसहित सातौं र युएई ६ अंकसहित आठौं स्थानमा छन्। नेपालका लागि यो सिरिज विश्वकप लिग–२ को अंकतालिका सुधार्ने महत्वपूर्ण अवसर मानिएको छ।
प्रतिक्रिया