काठमाडौं: उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सात वटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । साथै ५० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिन्हवाले जनाएको छ ।
प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करबाट उनीहरूको ज्यान गएको जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा गाडीबाट ठूलो आगो निस्किएको देखिएको छ ।
घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
प्रतिक्रिया