कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बिहान पुनः बस्ने, शेखरसहितले बोले आज

विहीबार, ३० असोज २०८२

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि (शुक्रबार) बिहान ११ बजे पुनः बस्ने भएको छ । आजको बैठक स्थगित भएको केन्द्रीय सदस्य प्रकाशशरण महतले जानकारी दिएका छन् ।

आजको बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा आएका हस्ताक्षरहरूको बारेमा जानकारी गराएका थिए ।

उनका अनुसार विशेष महाधिवेशनको माग गर्ने नेताहरू नियमित महाधिवेशनमै जाने तयारीमा रहेकाले बैठकमा त्यसबारे समझदारी हुने संकेत देखिएको छ ।

त्यसैगरी महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकका लागि तय गरिएका विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

बैठकमा संस्थापन इतर समूहका नेता डा। शेखर कोइरालाले पार्टीले नियमित महाधिवेशन मंसिरमै गर्न सक्ने भनाइ राख्दै प्रश्न गरेका थिए — “अरू दलले मंसिरमा महाधिवेशन गर्न सक्छन्, हामीले किन नसक्ने रु”

उनका साथै केन्द्रीय सदस्यहरू मोहन बस्नेत, राजीव कोइराला लगायत सात जनाले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार