झापामा राति ९ बजेसम्ममात्र देउसी–भैलो खेल्न पाइने

विहीबार, ३० असोज २०८२

झापा : तिहारमा राति ९ बजेसम्ममात्र देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार एक सूचना जारी गर्दै शान्ति सुरक्षा र सामाजिक मर्यादा कायम गर्न राति ९ बजेपछि देउसी–भैलो जस्ता सांस्कृतिक गतिविधि नगर्न अनुरोध गरेको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० गोपाल कुमार अधिकारीले दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना दिंदै चाडपर्व मनाउँदा शान्ति सुरक्षा र सद्भाव कायम गर्न सबैमा आह्वान गरेका छन् ।

उनका अनुसार चाडपर्वका समयमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले प्रशासनले सबै निकाय र सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ ।

WhatsApp Image 2025-10-16 at 5.17.41 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार