ओली सरकारले पठाएका ११ राजदूत फिर्ता गर्ने सरकारको निर्णय

विहीबार, ३० असोज २०८२

काठमाडौँ : सरकारले विभिन्न देशमा कार्यरत ११ जना राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिमा विदेश गएका राजदूतहरूलाई आगामी कात्तिक २० भित्र फर्कन निर्देशन दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार फिर्ता गरिने राजदूतहरू सबैलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

फिर्ता हुने राजदूतहरूमा :-

चीनका राजदूत कृष्णप्रसाद ओली,

अमेरिकाका लोकदर्शन रेग्मी,

बेलायतका चन्द्रकुमार घिमिरे,

जापानका डा. दुर्गाबहादुर सुवेदी,

जर्मनीका डा. शैल रुपाखेती,

इजरायलका डा. धनप्रसाद पण्डित,

मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना,

कतारका रमेशचन्द पौडेल,

रुसका जंगबहादुर चौहान,

साउदी अरबका नरेशबिक्रम ढकाल, र

स्पेनका सनिल ढकाल रहेका छन् ।

मन्त्री खरेलका अनुसार सरकारले राजदूतहरूलाई कात्तिक २० सम्ममा फिर्ता हुने गरी तयारी थाल्न निर्देशन दिएको छ ।

ओली सरकारले नियुक्त गरेका यी राजदूतहरू राजनीतिक आधारमा पठाइएका थिए । नयाँ सरकार बनेपछि राजनैतिक नियुक्तिहरूको पुनरावलोकन हुने संकेत यता आएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार