इटहरीमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

विहीबार, ३० असोज २०८२

सुनसरी : इटहरी उपमहानगरपालिका–९ स्थित साथी पेट्रोल पम्प छेउ, कोशी लोकमार्गमा भएको सडक दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको छ।

मङ्गलवार साँझ करिब ७:२० बजे इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ च ८६३ नम्बरको स्कारपियोले बाटो क्रस गर्दै गरेका मोरङ–विराटनगर–१२ निवासी ४० वर्षीय अच्युतप्रसाद बराललाई ठक्कर दिएको थियो।

टाउकोमा गम्भीर चोट लागेका बराललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। तर राति ८:५० बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कारपियो र चालक मोरङ सुन्दरहरैचा–८ का २२ वर्षीय सञ्जय सग्रौलालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार