ओमानलाई ३८ रनले हराउँदै नेपाल अङ्क तालिकाको शीर्षस्थानमा

बुधबार, २९ असोज २०८२
PHOTO : CAN

आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ अन्तर्गत नेपालले आज ओमानलाई ३८ रनले पराजित गरेको छ । 

नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । त्यसपछि लक्ष्य पछ्याउने क्रममा ओमानले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।

नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । गुलशन झा ३, नन्दन यादव र सोम्पाल कामीले २–२ विकेट लिँदा सन्दीप लामिछानेले पनि किफायती स्पेल फाले ।

ओमानतर्फ सबैभन्दा धेरै विनायक शुक्लाले १९ बलमा ३२ रन बनाए भने मोहमद नदीमले २५ रनको योगदान दिए । तर अन्य ब्याट्सम्यानहरूले ठूला साझेदारी बनाउन सकेनन् ।

May be an image of text that says 'CAN 10 AIREt 4 പട്േ JeETBuz! Buz METE'ओमानलाई हराएसंगै नेपाल जारी प्रतियोगितको शीर्षस्थानमा समेत उक्लिएको छ ।

त्यसअघि नेपालका ओपनर कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित ६९ रन बनाए । यो उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट करियरको १३औँ अर्धशतक हो भने जारी प्रतियोगिताको दोस्रो अर्धशतक हो ।

साथी ओपनर आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे । 

गुल्सन झाले नौ बलमा दुई छक्का प्रहार गर्दै १८ रन जोडे भने मोहम्मद आदिल आलमले १५ बलमा १६ रनको योगदान दिए ।

बलिङतर्फ ओमानका नदीम खानले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा मात्र २० रन खर्ची चार विकेट लिए । त्यस्तै सुफयान मेहमुद र जितेन रमानन्दीले समान दुई–दुई विकेट हात पारे ।

नेपाल र ओमान दुबैले विश्वकपको यात्रा भने तय गरिसकेका छन् । 

यो पनि : नेपाल लगातार दोस्रो पटक टी–२० विश्वकपमा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार