एमाले निर्वाचनको  मतदान साँझ ७ बजेबाट सुरु हुने

मंगलबार, ०१ पुस २०८२
फाइल फोटो

काठमाडौ: नेकपा एमालेको ११ औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि आज साँझ ७ बजेबाट मतदान सुरु हुने भएको छ । समय परिवर्तन गर्दै आजै दिउँसो ४ बजे देखि मतदान गर्ने कार्यतालिका रहेको भएपनि त्यसलाई परिवर्तन गरेर साँझ ७ बजेबाट मतदान सुरु गरी भोली बुधवार विहान १ बजे सम्मलाई तोकिएको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा.कुसाङ लामाले हस्ताक्षर गरेको सूचनामा मतदानको समय आज साँझ ७ बजे देखि भोली विहान १ बजे सम्म उल्लेख गरिएको छ । यस अघि पनि पटकपटक मतदानको समय परिवर्तन गरिदै आएको छ । दिउँसो १२ बजेबाट सुरु हुने भनिएकोमा दिउँसो ४ बजे पुर्याइएको थियो भने अहिले पुनः समय परिवर्तन गरेर ७ बजेबाट मतदान सुरु गरिने एमाले निर्वाचन आयोगले सूचना जारी गरेको हो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार