काठमाडौं, पुर्व घोषणा अनुसार एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेलमा प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता अनुसार दुई हजार चार सय शैक्षिक सामाग्री वितरण गर्ने भएको छ ।
एनपिलका खेलमा प्रहार भएका प्रत्येक चौकामा चार वटा शैक्षिक सामाग्री वितरण गर्ने एनसेल फाउन्डेसनको प्रतिवद्धता अनुसार एनपिएलको सिजन २ मा प्रहार भएका चौका संख्या अनुसारमा दुई हजार चार सय २८ वटा शैक्षिक सामाग्री वितरण गर्ने भएको हो ।
देशभरका विभिन्न ठाँउमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका छनौट गरी प्रत्येक चौका वापत चार वटा शैक्षिक सामाग्री वितरण गर्ने एनसेल फाउन्डेसनले घोषणा गरेको थियो । गत वर्ष देखि चौका प्रहारलाई आधार वनाएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलव्ध गराउदै सामाजिक कार्य अन्तर्गत यस वर्ष पनि खेल मैदानमा प्रहार भएका चौकाहरुको आधारमा विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुर्याउन लागिएको जनाइएको छ ।
एनपिएलको यो सिजनमा ९९ जना खेलाडीले कुल ६ सय ७ वटा चौका प्रहार गरेका थिए, जसका आधारमा पुर्व घोषणा अनुसार दुई हजार चार सय २८ वटा शैक्षिक सामग्रीको वितरण गरिने जनाइएको छ । एनपिएलमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्रीको वितरणका लागि योगदान गरेका थिए । २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १सय ४ वटा शैक्षिक सामग्री वितरणका लागि सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरणका लागि सुनिश्चित गरेका छन् ।
शैक्षिक सामग्री वितरण गर्नेे उद्देश्य भनेको विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामाग्रीमा पहँुच वढाउदै अध्ययनका लागि उत्प्रेणा जगाउनु भएको एनसेलले जनाएको छ । विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामाग्रीको प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश रहेको छन ।
“यस अर्थपूर्ण सामाजिक पहलमा योगदान पु¥याउनु हुने सबै खेलाडीहरूलाई हामी हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले भनिन। उनले खेलाडीको प्रदर्शनले मैदानमा आफ्ना टिमलाई मात्र सशक्त बनाउने काम मात्र नगरेर , हरेक चौकाले विद्यार्थीको पठनपाठनमा पनि सहयोग पुर्याएको समेत वताइन । “गत वर्षझैं यस वर्ष पनि सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गर्दै यस्ता स्रोतको सबैभन्दा बढी आवश्यक पर्ने सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी यी शैक्षिक सामग्रीहरू वितरण गरिने समेत खड्काले जानकारी दिइन ।
यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई. २५ हजार रुपैया नगद पुरस्कार प्रदान गरेको थियो । साथै, पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले दोस्रो संस्करणमा सबैभन्दा धे
प्रतिक्रिया