गाजामा अझै बेपत्ता अवस्थामा रहेको भनिएका १९ जना बन्धकको अवशेष खोज्न सहयोग गर्ने टर्कीको रक्षा मन्त्रालयको बिहीबार जानकारी गराएको छ । यसका लागि ८१ जना विपत् राहत विज्ञलाई गाजातर्फ टर्कीले बताएको छ।
“उनीहरूले अहिलेसम्म बेपत्ता रहेका १९ जना बन्धकको अवशेष फेला पार्न मद्दत गर्नेछन्,” रक्षा मन्त्रालयको स्रोतले जानकारी दिएको छ।
“त्यहाँ पहिले नै ८१ जना एएफएडी कर्मचारीहरूको टोली छ,” स्रोतले टर्कीको प्रकोप राहत निकायलाई सङ्केत गर्दै भन्यो।
विपद् व्यवस्थापन प्राधिकरण (एएफएडी) टर्कीको गृह मन्त्रालय अन्तर्गत एक निकाय हो ।
एएफएडीले भनेको छ, “प्राधिकरणले मानवीय सहायता पु¥याउने, मृतकको अवशेष खोज्ने र युद्धविरामको अनुगमन गर्ने छ।”
टर्कीको सैन्य बल संलग्न हुन सक्छ कि भनेर सोधिएको प्रश्नमा स्रोतले भन्यो कि यो “एएफएडी जस्ता नागरिक संस्थाहरूको काम बढी हुनेछ“ तर सिद्धान्तमा सेनाले आवश्यक परेमा मद्दत गर्न सक्छ।
एएफएडी उद्धारकर्मीहरू कठिन इलाकामा काम गर्न अभ्यस्त छन् । उनीहरूले कम्तिमा ५३ हजार व्यक्तिको मृत्यु भएको देशको दक्षिणपूर्वमा सन् २०२३ फेब्रुअरीमा गएको भूकम्पसहितका भूकम्पमा सकुशल काम गरेका थिए ।
एएफएडीले हालैका वर्षमा सोमालिया, प्यालेस्टाइन क्षेत्र, इक्वेडर, फिलिपिन्स, नेपाल, यमन, मोजाम्बिक र चाडलगायत पाँच महादेशका ५० भन्दा बढी देशमा उद्धार र मानवीय सहायता अभियान सञ्चालन गरिसकेको जनाएको छ।
प्रतिक्रिया