काठमाडौँ: प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका दुई जिल्लाका प्रहरी प्रमुखमा फेरबदल गरेको छ।
बिहीबार गरिएको निर्णयअनुसार, मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी रुगम कुँवरलाई धनुषा प्रहरी प्रमुखमा र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
यसअघि रौतहटको नेतृत्व गर्दै आएका एसपी नेत्रमणि गिरी र धनुषाका एसपी नरहरि रेग्मीलाई फिर्ता बोलाइएको छ, प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए।
साथै, गृह मन्त्रालयमा कार्यरत एसपी मुकुन्द रिजाल बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भए भने एसपी विश्वराज खड्कालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा स्थानान्तरण गरिएको छ।
प्रतिक्रिया