मोरङमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने,पटका पड्काउन नपाइने

शनिबार, ०१ कार्तिक २०८२

 मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकहरूलाई तिहार र छठ पर्व शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको सूचनामा भुईचम्पा, आतिशबाजी, प्लास्टिकजन्य फूलमाला, पटकाजस्ता विस्फोटक पदार्थको अवैध प्रयोग नगर्न विशेष अनुरोध गरिएको छ।

प्रशासनले देउसी भैलो, नाचगानजस्ता कार्यक्रमहरू रातको १० बजेसम्म मात्र सञ्चालन गर्न, मैनबत्ती र विद्युतीय उपकरणको प्रयोग सावधानीपूर्वक गर्न र पर्वको बहानामा कुनै जातीय, धार्मिक वा सामाजिक द्वन्द्व सिर्जना नगर्न आग्रह गरेको छ।

साथै सूचना अनुसार चोरी–डकैती, जुवा, गैरकानूनी खेलकुद, अत्यधिक यात्रु बोकेर सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता कार्य नगर्न र ट्राफिक नियमको पालना गर्न समेत निर्देशन दिइएको छ।

प्रशासनले भिडभाड हुने स्थानमा होहल्ला नगरी सभ्य र मर्यादित ढङ्गले पर्व मनाउन, घर तथा सम्पत्तिको सुरक्षा गर्न सचेत रहन र आपत्कालीन अवस्थामा नजिकको सुरक्षा युनिट वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ।

यसैगरी स्वास्थ्य, खानेपानी, विद्युत्, टेलिकम लगायतका अत्यावश्यक सेवा सुचारु राख्न र आवश्यक जनशक्ति तथा स्रोत साधन तयारी अवस्थामा राख्न समेत प्रशासनले सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको छ।

morang_prasasan

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार