बिर्तामोड : झापाको कनकाईमा श्रीमानले श्रीमतीलाई खुकुरीले हानेर हत्या गरेका छन् । उनीहरुबीच झगडा हुँदा श्रीमानले खुुकुरीले घाँटीमा हानेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा कनकाई-२ सुकेडाँगीका कविराज हेमरमले श्रीमती पूजा हेमरमसँग झगडा गरेपछि आफू सुत्ने कोठामा पूजालाई धारिलो खुकुरीले घाँटीमा हानेका थिए ।
३५ वर्षीय कविराजको खुकुरी प्रहारबाट ३४ वर्षीया पूजाको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो राति ११ः२० बजे कविराजले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए ।
श्रीमतीको हत्या गरेर भागेका कविराजलाई प्रहरीले सुरुंगा सडकबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले घटनास्थाल सुरक्षित राखेको, घटनास्थलबाट खुकुरी नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडबाट थप अनुसन्धान सुरु गरिएको र पूजाको लास पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया