काठमाडौँ : नेकपा (एमाले) ले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची तय गर्ने सम्पूर्ण जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई उम्मेदवारको बन्द सूची अन्तिम रूप दिने अधिकार प्रदान गरेको हो। बैठकमा अध्यक्षबाट प्रस्तावित नामहरू तथा देशभरिबाट आएका सुझावहरू समेटेर अन्तिम टुंगो ओलीले नै लगाउने सहमति बनेको बताइएको छ।
पार्टीका शीर्ष नेताहरूसँग आवश्यक परामर्श गरेर अध्यक्ष ओलीले बन्द सूची तयार पार्ने र भोलि नै निर्वाचन आयोगमा बुझाउने कार्यतालिका रहेको एमालेले जनाएको छ।
समानुपातिक उम्मेदवारको सूचीमा पूर्व उपाध्यक्ष गुरू बराल, सचिव पद्मा अर्याल, अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व अध्यक्ष निरू पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी, पूर्व शहरी विकास मन्त्री मन्जु चौधरी तथा ‘जेन–जी’ पुस्ताबाट नवनिर्वाचित केन्द्रीय सदस्य निता घतानीको नाम समावेश गरिएको छ।
प्रतिक्रिया