झापा : झापा गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। घरअगाडि बनेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो।
झापा गाउँपालिका–२, सडकवारीका दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांस कँडेल आज दिउँसो करिब २ः३० बजे घरअगाडिको पानी जमेको खाल्डोमा डुबेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो।
अस्पतालमा उपचार भइरहेको अवस्थामा दिउँसो करिब ३ः३० बजे बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया