फर्जी प्रमाणपत्रमा सरकारी जागिर, झापाकी शिक्षिकामाथि अदालतमा मुद्दा

बुधबार, २६ कार्तिक २०८२
File Photo

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी गरिएको माध्यमिक तहको परीक्षा प्रमाणपत्र पेश गरी प्राथमिक तहको शिक्षिका पदमा नियुक्ति लिएकी थिइन् । तर अनुसन्धानका क्रममा सो प्रमाणपत्र नक्कली र झुट्टा रहेको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

निरौला विसं २०५५ सालमा अस्थायी रूपमा नियुक्त भई २०७५ साल चैत २८ गते स्थायी नियुक्ति पाएकी थिइन् र हालसम्म सोही विद्यालयमा कार्यरत थिइन् ।

आयोगका अनुसार, नक्कली प्रमाणपत्रका आधारमा उनले सरकारी जागिरका साथै तलब, भत्ता र अन्य सुविधा गैरकानुनी रूपमा प्राप्त गरेकी थिइन् ।

त्यसैले अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६९१० बमोजिम कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार